काठमाडौंः कोरोना कहरबीच अमेरिकामा रहेका गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ”तिम्रो प्यारमा छु’ को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गीतकार अनु शाहका प्रेमिल शब्दलाई नारायण सुवेदी आभाषले मिठो धुन भरेका छन् । उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

अनुराधा फिल्म्स इन्टरनेसनलको प्रस्तुति रहेको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ ।

भिडियोमा बुद्ध थापाको छायांकन, विकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १८:२५