भालुवाङ: दाङ देउखुरीको राप्ती गाउँपालिका – १ भालुवाङमा एक महिलामाथि महिलाहरुले नै हातपात गरेर निर्घात कुटेका छन् । महिलाहरुले गरेको जग्गाको विषयमा कुरा नमिलेपछि ३९ वर्षीया दिलमाया पुन मगरलाई भालुवाङ बसपार्कमा अमानवीय तरिकाले कुटपिट गरी घाइते बनाएका हुन् ।

अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका – ९ ठाडाखोला निवासी वर्ष ३९ की दिलमाया पुन फूले किनेको घडेरीको अवस्था हेर्न गएको बेला पुरानो भालुवाङ बजारमा बस्ने वर्ष २९ कि अनिता गुप्ता र वर्ष ३५ कि रेखा गुप्ताले पिडित दिलमाया पुन सँग ५० हजारमा जग्गा बिक्री गर्न भनेको र सो क्रममा दिलमाया पुनले आफ्नो घडेरी बिक्री गर्न मन नगरेपछि ती महिलाहरुले पुनमाथि निर्घात कुटपिट गरेको पीडितले बताएकी छन् ।


यत्रो घटना हुँदासम्म घटना कसैलाई पनि थाहा थिएन तर घटनास्थलमा भालुवाङकै एक युवकले भिडियो खिचेको र त्यो भिडियो भालुवाङ पुल्चोककी रितु रानाले फेला पारी सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेपछि मात्र सो घटना बाहिर आएको हो ।

शुक्रबार भएको घटना लुकाइएका कारण पीडित दिलमाया पुनलाई ज्यान लिने उद्देश्यले कुटपिट गर्ने राप्ती गाउँपालिका १ भालुबाङका अनिता गुप्ता र रेखा गुप्तालाई शनिबार राति नै ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरी म्याद थपेर सार्वजनिक मुद्दा चलाउने तयारी गरेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।

त्यस्तै सोहि स्थानका अधिकारकर्मीहरुले प्रहरीले घटना थाहा पाएर पनि बेवास्ता गरेको कारण पुनमाथि कुटपिट भएको समेत बताएकाछन्।

साथै स्थानीयहरुले दोषीहरुलाई हदै सम्मको कानुनी कारवाही गर्न र पिडितलाई न्याय तथा घाइते पुनको उपचारका लागि प्रशासन सँग माग गरेका छन् ।