काठमाडौंः इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जङ्गलमा गएर एक ठाउँबाट आर्को ठाउँमा घुम्ति तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद एक लाख ६२ हजार २० रुपैयाँ, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास र लालपुर्जा समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।

 

उनले फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र दुई वटा चेकबुकसमेत बरामद भएको बताए।


। पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने समेत योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।


प्रकाशित मितिः बिहीबार ०२ माघ,, ०८:४५