काठमाडौंः देशैभरि फैलिरहेको डेंगी संक्रमणका कारण देशभर सोमबारसम्म ६ जनाको मृत्यु भइसकेको समाचार आजको नागरिकले पहिलोे पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंमा दुई तथा चितवन, सिन्धुपाल्चोक, डोटी र सुनसरीमा एकएकजनाको मृत्यु भएको हो ।

मृत्युको कारणबारे विस्तृत विवरण आउन भने बाँकी रहेको जनाइएको छ । महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार मृत्यु हुनेहरु उमेरले वृद्ध हुनुका साथै उनीहरूमा डेंगु संक्रमण पोजेटिभसँगै कलेजोसम्बन्धी र स्क्रबटाइफस रोग पनि देखिएका छन् ।

डेंगी एक्लै संक्रमण हुँदा सामान्य व्यक्तिको मृत्यु नहुने र बिरामी आफैं पहिल्यै बहुरोगी, दीर्घरोगी तथा अन्य संक्रमण रहे मृत्यु हुने भएकाले मृत्युको कारणबारे विस्तृत जानकारी आएपछि मात्र यकिन रूपमा भन्न सकिने उनले बताए ।



प्रकाशित मितिः मंगलबार, भदौ २४, ०७:५५