काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनिष्ट सरकारको विकल्प खोजेको बताएका छन्।

बुधबार तनहुँमा आयोजित राष्ट्रिय जागरण अभियानको कार्यक्रममा बोल्दै उनले भने ‘यो सरकारलाई दुई तिहाइको समर्थन प्राप्त छ तर जनता खुसी हुन सकिराखेका छैनन्, त्यसैले जनताले कम्युनिष्टको विकल्प खोजेको छ।’

गाउँमा रोगजारी र आम्दानीको व्यवस्था गर्न पार्टी लाग्नुपर्ने बताउँदै उनले भने, ‘गाउँमा विस्तारै सेवा सुविधाहरू आएको छ। तर आम्दानी र रोजगारी गाउँमा नहुँदा मान्छे मधेश झरे, अरब गए ।’ ‘गाउँमै आम्दानी र रोजगारी हुने हो भने गर्मी खान को मधेश झर्छ ?’ भन्दै प्रश्न समेत गरे

उनले कम्युनिष्ट नेतृत्वको सरकारबाट जनता खुसी हुन नसकेको भन्दै कम्युनिष्टको विकल्प कांग्रेस भएको दाबी गरे।



प्रकाशित मितिः बुधबार, भदौ २५, १४:०१