पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिँला छोराको रूपमा २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मेका भण्डारी विषयवस्तुको उच्चतम् ज्ञान, साहित्य र सिर्जनाको नविन चिन्तन भएका ब्यक्तिको रुपमा मानिन्थे ।

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादक तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारीले नेपालको कम्युनिष्ट बिचारधारालाई उच्च शिखरमा पुर्याएका थिए ।

२०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।


। उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडी बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो।

लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्ने महान योद्धा हुन् मदन भण्डारी ।

२०२८ सालमा पुष्पलालसँगको भेटपछि राजनीतिमा लागेका उनी २०२९ सालमा पुष्पलालको पार्टीले गठन गरेको ‘जनवादी सांस्कृतिक मोर्चा’ मा आवद्ध भए । युद्धप्रसाद मिश्र अध्यक्ष र महासचिव मोदनाथ प्रश्रीत रहेको उक्त मोर्चामा भण्डारी केन्द्रीय सदस्य थिए। उनी २०३० सालमा आएर बल्ल पार्टीको पूर्णकालीन कार्यकर्ता भएका थिए । २०३५ सालमा नेकपा (माले) स्थापना भयो र उनी केन्द्रिय सदस्य बने ।

२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा ९एमाले०को चौथो महाधिवेशनमा महासचिव बने। २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)को महासचिव बने।

२०४८ सालको संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए।

उनको विवाह २०३९ सालमा विद्या देवी पाण्डे (भण्डारी) सँग भएको थियो । उनका उषाकिरण र निशाकुसुम नामका दुइटी छोरीहरू छन् ।

बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परि मृत्यु भएको थियो। उनको दुर्घटनालाई लिएर बिभिन्न छानविन आयोगहरु निमार्ण गरिए तर पनि वास्तविकता भने अझै बाहिर आउन सकेको छैन ।

उनले लिएको नीति र बिचार बोकेको तत्कालिन एमाले हाल माओवादी कोन्द्रसँग पार्टी एकता गरि नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाइन) गठन भएको छ ।