उदयपुरः इलाका प्रहरी कार्यालय बेल्टारले जबरजस्ती करणी मुद्दामा फरार रहेका चौदण्डीगढी नगरपालिका–९ का ४६ वर्षीय नारायण बहादुर राउतलाई ११ वर्षपछि पक्राउ गरेको छ ।

मिति २०६६ साल जेष्ठ १४ गते जिल्ला अदालत उदयपुरबाट जबरजस्ती करणी मुद्दामा ७ वर्ष कैद फैसला भई हालसम्म फरार रहेका राउतलाई प्रहरीले बुधबार बिहान गाउँघरमा नै लुकिछीपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका राउतलाई तोकिएको कैद भुक्तानको लागी जिल्ला अदालत उदयपुरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २७ बिहीबार, १६:१४