कैलालीः जबरजस्ती करणी मुद्दाका फरार रहेका भजनी नगरपालिका–५ बस्ने दिर्घ बहादुर कामीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा कैलाली जिल्ला अदालतको २०७४ मंसिर २४ गतेको फैसलाले ११ वर्ष कैद सजाय भई फरार दिर्घ बहादुरलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सोही ठाउँमा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १६:०९