बाँकेः जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी नरैनापुर गाउँपालिका–२ बस्ने २४ वर्षीय हेमन्त कुमार शर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०६६ कात्तिक २७ गते राति ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत बाँकेको २०६८ असार ३१ गतेको फैसलाले १० वर्ष कैद सजाय भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई कैद सजाय भुक्तान असुलका लागि कारागार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २३ मंगलबार, २०:२४