काठमाडौंः प्रहरीले जर्जिया पठाइदिने भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी नगरपालिका वडा नं। १ वस्ने ४३ वर्षीया रामकृष्ण राई रहेको महानगरीय अपराध महाशाखा हनुमानढोकाका सूचना अधिकृत प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए ।

राईले जर्जियामा मासिक ९० हजारको क्लिनरको काम लगाइदिने भन्दै दोलखाको गौरीशंकर गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने कामे शेर्पाबाट ७ लाख ५० हजार रुपैयाँ ठगी गरी सम्पर्क विहिन थिए । सम्पर्कविहिन भएको जाहेरीका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहीबार मोरङ जिल्लाको उर्लावारीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।


उनले अन्य व्यक्तिलाई ठगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । उनले राजन राईबाट ३ लाख ५ हजार, ईन्द्र लिम्बुबाट ५ लाख रकम लिई ठगी गरेको खुल्न आएको छ ।

महाशाखाले पक्राउ व्यक्तिसँग थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, ०९:४२