काठमाडौंः यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले जर्मनीमाथि सानदार जित निकालेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा स्पेनले जर्मनीमाथि ६–० को सानदार जित निकालेको हो ।

स्पेनका लागि फेरान टोरेसले ह्याट्रिक गरे । त्यस्तै, अल्भारो मोराटा, रोड्री र मिकेल ओयाराज्बालले एक एक गोल गरे ।

खेलको १७ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा फेरानले गोल गर्दा स्पेनको अग्रता दोब्बर बनाए । ३८ औं मिनेटमा रोड्रीले गोल गर्दै स्पेन ३–० ले अघि बढ्यो । ५५ औं मिनेटमा फेरानले ब्यक्तिगर दोस्रो गोल गर्दै स्पेनको अग्रता ४–० को बनाए । ७१ औं मिनेटमा फेरानले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै स्पेनलाई ५–० को अग्रता दिलाए ।


। त्यसपछि ८९ औं मिनेटमा मिकेलले गोल गर्दा स्पेन ६–० ले बिजयी भयो ।

जितसँगै स्पेन लिग ए को समूह डी बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्पेनले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसँगै ११ अंक जोड्यो । दोस्रो स्थानको जर्मनीले ६ खेलमा २ जित, ३ बराबरी र १ हारका साथ ९ अंक बनायो ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १२:३५