वीरगञ्जः बाराको पचरौता नगरपालिका–१, पिपरपातीबाट शुक्रबार प्रहरीले एक महिलाको शव जलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

जमुनी खोला छेऊ दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा ३८ वर्षीया मालती देवी नुनियाको शव नियन्त्रणमा लिइएको हो ।

मालतीको हत्या भएको आशंकामा अनुसन्धानका लागि शव नियन्त्रणमा लिइएको बारा प्रहरीले जानएको छ ।

भारत मोतिहारी जिल्ला जुवाफर गाउँ माइतीघर भएकी मालतीको हत्यापछि शव जलाइएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यस बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले श्रीमतीको शवलाई जलाउँदै गरेको खुलेपछि शव नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।


शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको र मृतकका श्रीमान्, सासू ससुरा सबै फरार रहेको हुँदा घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले बताए ।


प्रकाशित मितिः शनिबार, पुस ५, ०८:२६