गुल्मीः गुल्मीका महिलाहरुले जाँड रक्सी निषेध तथा लैङ्गिक हिंसाको अन्त्य गर्नुपर्ने माग गर्दै अभियान शुरु गरेका छन् ।

गुल्मी कांग्रेसले शुरु गरेको गाउँ जाऔं, गाउँमै रमाऔं भन्ने ५० दिने महाअभियान कार्यक्रम अन्तर्गत महिला विभागले यो अभियानको सुरुवात गरेको हो ।

अभियानको पाँचौ र छैटौं हप्तामा महिलाहरुले सदरमुकाम तम्घाससहित गाउँगाउँमा पुगेर जाँड रक्सी निषेध गर, महिला हिंसा बन्द गर, रक्सी बेच्ने लाइसेन्स खारेज गर, जातीय विभेद अन्त्य गरौं, समान कामको समान ज्याला लागू गरौं जस्ता नारा सहितका प्लेकार्डहरु बोकेर जनचेतना अभियान शुरु गरेका छन् ।

मादक पदार्थको सेबनका कारण समाजमा बलात्कारको शिकार बढ्दै गएको भन्दै अभियान थालेको नेपाली कांग्रेस गुल्मीको महिला विभागले जनाएको छ ।


जुनबेला सम्म यस्ता हिंशा र मादक पदार्थको उत्पादन र विक्री वितरण रोकिंदैन तवसम्म समाजको सुधार पनि हुन सक्दैन भन्ने उनीहरुको भनाई छ ।