मुगुः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जागरण अभियान कर्णाली प्रदेशको राराबाट सुरु भएको बताएका छन् ।

नेपाल तरुणदलका युवा नेताहरुको साथमा कर्णाली प्रदेशको मुगुको राराताल पुगेका नेता पौडेलले चुनावी हारका कारण र त्यसबाट कांग्रेसका नेता कार्यकर्तामा देखिएको निरासा हटाउनका लागि आफू देश दौडाहमा रहेको बताए ।

उनले भने,‘कांग्रेसको सिद्धान्तले जितेको छ, संगठनले जितेन त्यसको कारण खोज्नको लागि  राष्ट्र, राजनीति, जनता र आर्थिक व्यबस्थाको स्वतन्त्रताको लागि कांग्रेस जहिले लड्दै आएको पार्टी हो, हिजोका दिनहरुमा यिनै सिद्धान्तहरुको खरो विरोध गर्नेहरुले आत्मसमर्पण गरेका छन्, आजको दिनमा हाम्रै बाटोमा आएका छन् ।


।’

नेता पौडेलले राता तालको प्राकृतिक रुप जस्तो छ त्यस्तै राख्न सझाव दिएका छन् । उनले भने,‘रारा सोचेभन्दा राम्रो छ, स्वर्गको टुक्राभन्दा कम छैन रारा, दुनियाँका पर्यटकहरुलाई पाहुनाको रुपमा स्वागत गर्न तत्पर रहेको रारालाई कुनै प्रकारको जलप लगाउनु आवश्यक छैन्, यसलाई जस्ताको त्यस्तै संरक्षणमा लाग्न आग्रह गर्दछु ।’

त्यस्तै तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले जेठ ५ गते अर्थात भोली सबै जिल्लामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम, जेठ १२ गते सम्पूर्ण महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा प्रशिक्षण र चैत १९ मा सम्पूर्ण वडामा प्रशिक्षण दिन लागेको जानकारी दिए । प्रशिक्षण कार्यक्रममा सहभागी हुन तरुण दलले सम्पूर्ण गाउँ, नगर तथा जिल्लाका तरुणलाई आग्रहसमेत गरेको छ ।