जनकपुरधाम: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका क्रममा सर्वसाधारण जानकी मन्दिर वरपर झोला, पोका, माक्स र हेलमेट लगाएर हिँडे पक्राउ पर्ने भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको सूचनामा प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा शुक्रवार विहान १० बजेदेखि जानकी मन्दिर तथा बाह्र बिगाहको सय मिटर क्षेत्र तथा विमानस्थलदेखि बाह्र विगहाको सडक छेउछाउमा धरिलो चिज बस्तु, मोटरसाइकलको हेलमेट, झोला पोका लिइ हिँड्न तथा माक्स लगाएर आवतजावत गर्न निषेध गरेको छ।

निषेध गरिएको कुनै सामान लिइ प्रवेश गरेमा तत्काल सुरक्षाकर्मीले नियन्त्रण लिइ कारबाही अगाडि बढाइने प्रहरी कार्यालय धनुषाको सूचनामा उल्लेख गरिएको छ ।