हाल नेपाल आउने पर्यटकहरु मध्ये जापानीज पर्यटकको संख्या कम हुँदै गएको छ । नेपालमा आउने जापानीज पर्यटकहरुले इतिहाँसलाई मात्र राम्रो बनाइदिए तर आउने क्रमले निरन्तरता पाउन सकेन । जसका कारण अहिले संख्या घटेर अति नै तल झरेको हो ।

नेपाल र जापानबीच सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको करीब नौ बर्ष पछाडि सन् १९६५ मा नेपालका लागि जापनको टोकियोमा राजदूतावास स्थापना गरिएको थियो । दूतावास स्थापना सँगै जापानीज पर्यटकलाई नेपाल आउन सहज भएको मानिन्छ ।

गत बर्ष ( सन् २०१७ )नेपालमा करीब सत्ताईस हजार ३ सय छब्बीस जना जापानीज पर्यटक नेपाल आएको नेपाल टूरिजम बोर्डका कबीन्द्र भट्टले जानकारी दिए ।


भट्टका अनुसार अहिले २०१८ मे महीना सम्ममा नेपाल आउने पर्यटकको संख्या मध्दे जापानीज पर्यटक संख्या जम्मा ६ दशमलब २ प्रतिशत रहेको छ । जबकि अन्य देशका पर्यटकको संख्या करीब १२ प्रतिशतको हाराहारिमा रहेको छ ।

यो भनेको पाहिलेको तुलनामा निकै कम हो । जबकि बिस बर्ष अगाडिसम्म नेपालमा करीब ४२ हजारको हाराहारिमा पर्यटक आउने गर्दथे । अहिले सुचना प्रबिधिमा बिश्वले फड्को मार्दै छ यस्तो अवस्थामा समेत नेपालले सूचना प्रबिधि मार्फत समेत नेपालको प्रचार-प्रसार गर्न सजिलै सक्ने अवस्था छ । हवाई सुबिधा प्रयाप्त रुपमा बस्न मिल्ने सुबिधा सम्पन्न होटल, गुणस्तरीय सवारीसाधन लगायतका स्रोत र साधन हुँदा समेत नेपालले पर्याप्त मात्रामा टूरिस्ट भित्राउन सकेको देखिएको छैन ।

सूचना र सुरक्षास्थिति बारे स्पस्ट नहुनु

जापानीज पर्यटकका लागि नेपालको सुरक्षास्थिति बारे पर्याप्त मात्रामा सही जानकारी नहुनु पनि पर्यटक आगमनमा कमी हुनुको कारणका रुपमा देखिएको छ । उनीहरूसम्म आवश्यक सूचनाहरु पुर्याउनका लागि उनिहरुकै भाषा प्रयोगमा निरन्तरता दिएर सामाग्रीहरु प्रस्तुत नहुनुले उनीहरुलाई सुचनाको पहुँच बाट बाहिर गराएको छ । जसका कारण उनिहरु नेपालको सुरक्षास्थिति बारे समेत अनविज्ञ हुन पुगेको अवस्था छ । सुरक्षा हरेक मानिसको चासोको बिषय हो त्यसमाथि कुनै पनि देशबाट नेपाल आउने पर्यटकले आफु जाने ठाउँ सुरक्षित छ वा छैन पक्का गरेर मात्र आउनु पर्ने अवस्थामा यहाँको सुरक्षा बारे उनिहरुले थाहा पाउन नै नसक्नु पनि पर्यटन आगमनमा असरको रुपमा देखिएको छ ।

नेपाल पर्यटन बोर्डले जापानीज पर्यटक लाइ प्राथमिकता नदिनु

नेपाल पर्यटन बोर्डले पनि नेपालको पर्यटन क्षेत्रलाई जापान केन्द्रित गरेर प्रचार प्रसार गरेको पाइएको छैन । केहि बर्ष अगाडिसम्म जापानीजहरुका लागि सहज होस् भनेर वेब साइडमा समेत विभिन्न सामाग्रीहरु जापानीज भाषामा नै लेखेर राख्ने गरिन्थ्यो त्यो पनि अहिले हटिसकेको अवस्था छ । हाल सम्म आउँदा करीब ६० बर्षको समय अवधिमा जापानका लागि पर्यटन बोर्डबाट नेपालको पर्यटन क्षेत्र सम्बन्धी कुनै पनि प्रभावकारी कामहरु गरेर उनीहरुलाई आकर्षण गराउन नसक्नु पनि जापानीज पर्यटन बृध्दिका लागि एक जमजोर पक्षका रुपमा लीएको छ ।

सीधा हवाई सेवा नहुनु

विभिन्न देशहरुले आफ्नो देशमा पर्यटन प्रवर्धन गर्नका लागि सीधा हवाई सेवा दीइरहेका हुन्छन् । जसबाट उनीहरुलाई हवाई भडामा सुलियत हुनुका साथै समयपनि बचत हुन जान्छ । जस्तै स् थाइल्याण्डले आफ्नो देश घुम्न आउने नागरिकका लागि विश्वका प्राय ठाउँ बाट थाई एयरलाइन्स मार्फत सीधा हवाई सुबिधा दिँदै आएको छ । यसले पनि नेपाल आउने मध्देका जापानीज पर्यटक थाइल्याण्ड पनि जाने गरेको अनुमान गरिएको छ । नेपालबाट पनि जापानका लागि मुख्य शहरहरुका सीधा हवाइ सेवा उपलब्ध गराउन सके पनि जापानीज पर्यटकको संख्यामा बृध्दि गराउन सक्ने अवस्था रहन्छ ।

सेवा र सत्कारमा कमी

तुलनात्मक हिसाबमा हेर्ने हो भने पर्यटकहरुका लागि नेपालको सेवा र सत्कार एकदम नै राम्रो मानिन्छ तर पनि नेपाल भन्दा जापानका नागरिकहरु सेवा र सत्कारका हिसाबमा अगाडी रहेको मानिएको छ । उनिहरुले आफूहरुको जस्तै सेवा र सत्कारको अपेक्षा पनि बढी राख्ने गर्दछन् । जापानीजहरुका लागि नेपालबाट दिइने सेवा र सत्कारमा उनिहरुको जस्तो प्रयाप्त हुन नसक्नुले पनि जापानीज पर्यटक नेपाल भित्रनमा कमी हुन गएको देखिएको छ ।

नेपाल पर्यटन बोर्डले पर्यटकहरुको संख्यालाई बृध्दि गर्दै लैजानका लागि जापानीजहरु प्रति लक्षित गरेर विभिन्न कार्यक्रमहरु गर्नुका साथै नेपालको बारे जापानमा प्रसार प्रचार गर्न समेत जरुरी देखिन्छ । यसका साथै हाल देखिएका समस्याहरुको समाधान गर्दै जान सके नेपालामा अवश्य पनि जापानीज पर्यटकको बृध्दि गर्न सकिन्छ । अन्य देशको तुलनामा जापानीजहरु पनि खर्चालु पर्यटकको रुपमा हेरिएकोछ । यदि उनीहरुलाई नेपाल भित्राउन सकेको अवस्थामा नेपालको पर्यटनसंग आवद्व रहेका अन्य व्यापारमा पनि लाभ हुने देखिन्छ ।

  • आशिष पौडेल