जापानको अर्थतन्त्र खुम्चिन थाल्यो







काठमाडौंः प्रविधि र यान्त्रिक सामग्रीको ठूलो निर्यातकर्ता जापानको अर्थतन्त्र यो वर्ष खुम्चिन थालेको छ । जापानी मन्त्रिपरिषद् कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१८ को पहिलो त्रैमासिकमा जापानको अर्थतन्त्र शून्य दशमलव २ प्रतिशतले खुम्चिन पुगेको छ ।

अघिल्लो ३ महिनामा भने त्यहाँको अर्थतन्त्र थोरै वृद्धिमा रहेको थियो । सो त्रैमासिकमा शून्य दशमलव १ प्रतिशतले बढेको थियो । अर्थतन्त्रमा यो वर्ष देखिएको संकुचन दुई वर्षयताकै पहिलो हो । योभन्दा अघिका ८ त्रैमासिकमा भने जापानी अर्थतन्त्रमा लगातार वृद्धि नै देखिएको थियो ।

जापानी अर्थतन्त्र अहिले


जुन अवस्थामा पुगेको छ त्यो सन् १९८० यता लामो समयसम्म भइरहेको वृद्धिको अवस्था तोडिएको छ । अर्थतन्त्रमा देखिएको अहिलेको अवस्थाले जापानको राजनीतिमा समेत प्रभाव पार्ने विश्लेषकले बताउन थालेका छन् । अर्थतन्त्रसम्बन्धी विज्ञहरूले जापानी अर्थतन्त्रमा देखिएको संकुचनलाई लगातारको वृद्धिमा आएको विश्रामका पमा लिएका छन् ।

सेयरबजारमा देखिएको ‘सेल–अफ’ देखि तरकारीको मूल्यमा भएको उच्च वृद्धि र खराब मौसमका कारण अर्थतन्त्र खुम्चिएको बताउँछन् टोकियोस्थित नोरिन्चुकिन बैङ्कका प्रमुख अर्थशास्त्री ताकेशी मिनमी । अघिल्ला त्रैमासिकहरुमा निजी खपतमा आएको सुधारले अर्थतन्त्रलाई टेवा दिएको थियो । जनवरी–मार्च त्रैमासिकमा यो स्थिर रहन पुगेको देखिन्छ । अक्टोबर–डिसेम्बर त्रैमासिकमा २ दशमलव ७ प्रतिशतले घटेको निजी आवासीय लगानी समीक्षा अवधिमा थप २ दशमलव १ प्रतिशतले घट्न पुगेको देखिएको छ । —एजेन्सीहरू




ताजा समाचार


विशेष समाचार