काठमाडौंः अध्ययनका लागि तीन महिनाअघि जापान गएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कास्कीको हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरी रहेका छन् ।

जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका गिरीको ट्रकले ठक्करबाट मृत्यु भएको हो ।

मोना सेन्दाई क्षेत्रीय कमिटीका उपाध्यक्ष सागर थापा बगालेका अनुसार ठक्करबाट गम्भीर घाइते भएका गिरीलाई नजिकैको अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए।

ठक्कर दिने ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको बताइएको छ ।


गिरी गत जुलाईमा स्टुडेन्ट भिसामा जापान गएका थिए ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, १०:२७