जापान: जापानको ‌ओसाका शहरमा गएको भूकम्पका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने केही मानिसहरू घाइते भएका छन्।

ज्यान गुमाउने मध्येकी एक नौ वर्षकी बालिकालाई पर्खालले किचेको थियो।

भूकम्पले बिहानीपखको व्यस्त समयमा यातायात प्रणालीलाई अवरुद्ध बनाएको थियो भने दशौं हजार मानिसहरूलाई विद्युतको पहुँचबाट वञ्चित गरेको थियो।

रेल सेवाहरू ठप्प भएपछि दशौँ हजार मानिसहरू अलपत्र परेका थिए।