काठमाडौंः नेपालका लागि जापानी राजदूत मसामिचि साइगोले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बिदाइ भेट गरेका छन् ।

राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि आज सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाइ भेट गरेका हुन् ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीचका सरकार र जनस्तरमा सुमधुर सम्बन्ध रहेको र यो सम्बन्ध एकअर्काको स्वतन्त्रता, स्वाधीनता र परस्पर सहयोगमा आधारित रहेको बताए । दुई देशबीच बेलाबेलामा हुने उच्चस्तरीय भेटघाटले नै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लगेको पनि अध्यक्ष तिमिल्सिनाले बताए ।


सो क्रममा जापानी राजदूत सइगोले नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताएका थिए । उनले आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसदबीच अनुभव आदान–प्रदान भइरहेको बताएका थिए ।

अध्यक्ष तिमिल्सिनाले राजदूत साइगोलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाइ तथा धन्यवादसमेत ज्ञापन गरे ।


प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, १६:३६