काठमाण्डौंः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको अध्ययन परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) जीवाणु फेला परेको छ ।

सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा उक्त जीवाणु भेटिएको हो । ५० ब्रान्डका जारको पानीको नमूना परीक्षण गरिएको थियो त्यसक्रममा पानीमा कोलिफर्मसँगै इकोलार्इ पनि फेला परेको नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तले बताए । खानेपानीमा इकोलाई र कोलिफर्म शून्य हुनुपर्ने राष्ट्रिय खानेपानी मापदण्ड छ ।

नाष्टका अनुसार इकोलाईले हैजा हुन्छ । केही कोलिफर्म हानिकारक नभए पनि मापदण्डमा शून्य हुनुपर्ने भएकाले त्यसको प्रमाणीकरण गर्नतिर नलागिएको उनले जानकारी दिए ।


। आजको कान्तिपुर दैनिकमा समचार छ ।