नयाँ दिल्लीः एकजना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजाय सुनाइएको छ ।

६१ वर्षका भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर काम गर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना दिएको आरोप लगाइएको थियो।

उनले पाकिस्तानस्थित भारतीय राजदूताबासमा रहेर कामगर्दा पाकिस्तानको गुप्तचर संस्था आइएसआइलाई सूचना दिएको आरोप लगाइएको थियो ।

जासुसी गरेको आरोपमा सन् २०१० मा नियन्त्रणमा लिएर मुद्धा दर्ता गरिएको थियो। मुद्दाको अन्तिम सुनुवाईका क्रममा आइतबार उनले भारतको गोप्य सूचना चुहाएको पाइएको भन्दै अदालतले तीन वर्षको जेल सजाय सुनाएको हो ।