काठमाडौंः चर्चित हास्यश्रृखला ‘भद्रगोल’का कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीम नयाँ टेलिश्रृखला ल्याउँने भएका छन् ।

‘भद्रगोल’बाट बाहिरिएका उनीहरुले निर्माण गरेको नयाँ श्रृखला आउँदो असोज २ गतेदेखि हरेक बिहीबार राती ८ः५० मा नेपाल टेलिभिजनबाटै प्रसारण हुने बताएका छन् ।

टीमले एक साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृखलाको बारेमा जानकारी दिएका हुन् । उनीहरुले श्रृखलाको नाम भने अहिले गोप्य राखिएको बताएका छन् ।

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ ।


। श्रृखलाको नाम केही दिनमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने योजना उनीहरुको रहेको छ ।

श्रृङ्खलाको अवको यात्रामा शंकर आचार्य ‘बरिष्ठे र सिपी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन् ।

 


प्रकाशित मितिः सोमबार, भदौ २३, १३:२६