गुल्मीः तम्घासमा जिपले ठक्कर दिँदा वडाअध्यक्ष उदयबहादुर थापा घाइते भएका छन्। बुधबार रेसुंगा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उदयबहादुर थापालाई बा१८च १०४४ नम्बरको जिपले ठक्कर दिएको थियो ।

वडाअध्यक्ष थापा लु४१प ३९०३ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा उदिनढुंगामा जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताएका छन् । घाइते थापालाई गुल्मी अस्पतालमा उपचार गरेर थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले बताएको छ। ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रकाशित मितिः भाद्र २५ बुधबार, १६:५५