काठमाडौं: गृह मन्त्रालयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (एनजिओ/आइएनजिओ) का पदाधिकारीहरुको सम्पत्ति विवरण माग्न सुरु गरेको छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (एनजिओ/आइएनजिओ) लाई सम्पत्ति विवरण लिएर मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छ।

स्रोतका अनुसार संकलन गरिएको विवरण गोप्य शिलबन्दी गरेर लिनुपर्ने पत्रमा उल्लेख गरिएको बताइएको छ ।

एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति मौलाउँदै गएको भन्दै यस्तो निर्देशन दिइएको हो । तर एनजीओ र आईएनजीओमा कार्यरत कर्मचारीहरुको सम्पत्ति विवरण भने पेश गर्नु पर्ने छैन ।


गत जेठ २४ गते गृह मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयले संयुक्त रूपमा बसेको बैठकले नियमन गर्ने निर्णय गरेको थियो ।