भक्तपुरः सुर्यबिनायक नगरपालिका–८ सिपाडोल, डोलेश्वरस्थित आफ्नो घर आश्रमलाई गिरिजाप्रसाद (जि पि) कोइराला फाउण्डेशन भक्तपुरले आज राहत प्रदान गरेको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले विगत १ महिना भन्दा बढी समय देखि लगाएको लकडाउनलाई मध्यनजर गर्दै फाउण्डेशनले आश्रमलाई राहत वितरण गरेको हो ।

आश्रममा करिब ४ दर्जन बेसहाराले आश्रय लिईरहेका छन् ।

फाउण्डेशनले आश्रमलाई २०० के जि चामल र २० के जि दाल प्रदान गरिएको फाउण्डेशनका जिल्ला अध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिए ।


प्रकाशित मितिः मंगलबार, वैशाख १६, १८:४०