तानसेनः जीपको ठक्करबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ।

रैनादेवी छहरा गाउँपालिका–४ की १४ वर्षीया विपना बगालेको जीपको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

छहराबाट तानसेनतर्फ आउँदै गरेको लु१प ७७६२ नम्बरको जीपले सोही गाउँपालिका अन्तर्गत पर्ने अमलाबास भन्ने ठाउँमा ठक्कर र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

उनी विद्यालयमा अध्ययन गरेर घरतर्फ आउँदै गर्दा बोलेरो जीपले ठक्कर दिएको हो। मृतक बगाले भैरव नवदीप माध्यमिक विद्यालय छहरामा कक्षा सातमा अध्ययनरत छात्रा हुन्।

ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।