दमौलीः तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडि चढेकी एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटरमा पछाडि चढेकी भरतपुर महानगरपालिका–११ बस्ने ३० वर्षीया शोभा धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८ च ५३१६ नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा बुधबार राति मृत्यु भएको हो ।

दुर्घटनामा मृतकका श्रीमान् ३६ वर्षीय सुरज धिताल र मृतकका छोरा नौ वर्षीय अर्पण धिताल घाइते भएको छन् ।


घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित मितिः बिहिबार, असोज २३, १४:१९