बाजुरा: त्रिवेणी नगरपालिका पिपल सैनमा जीप दुर्घटना भएको छ ।

बुढीगंगा नगरपालिकाको बाम्काबाट छतारा जाँदै गरेको से १ ज ९९९ नम्बरको जिप साढे ७ बजेतिर दुर्घटना हुँदा वडा अध्यक्ष सहित २ को मृत्यु भएको र ५ जना घाइते भएको प्रहरीले बताएको छ।

मृत्यु हुनेमा त्रिवेणी नगरपालिका १ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका ३ बस्ने नाम नखुलेकी एक महिला रहेका छिन्। नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

घाइते हुनेमा त्रिवेणी नगरपालिका ३ बस्ने वीर बहादुर शाही, रुपेन्द्र शाही, भीम नेपाली, धनश्याम बुढा र चालक चन्द्रमणी रहेका छन्। घाइतेको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ।


जिपमा चालकसहित ७ जना सवार रहेका थिए। घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको छ। चिप्लो र उकालो सडक भएकोले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुने सक्ने अनुमान गरिएको छ।

जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ।