बझाङः बझाङको छविसपाथीभेरा गाउँपालिका–४ मेलपानीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

बुधबार साँझ से १ ज ८३७ को जीप दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ वर्षीया ज्वालादेवी रहेका छन् ।

दुर्घटनामा घाईतेहरु उपचारका लागि जिल्ला अस्पताल सिम्खेत लगिएको छ ।