रसुवा : रसुवामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–५ सिम्बुमा दुर्घटना भएको हो। मृत्यु हुनेमा दाङ जिल्लाका २४ वर्षीय विकास घर्तीमगर र मोरङ जिल्लाका ४५ वर्षीय शिवगन्ज राजवंशी रहेको प्रहरीले जनाएको छ।

आमाछोदिङ–५, सिम्बुबाट सान्जेन जलविद्युत आयोजनाको सामान बोकेर त्यसतर्फ जाँदै गरेको सिउचण्डी कन्ट्रक्सनको बा १७ च ४३४५ नम्बरको बोलेरो जीप मंगलबार राति १० बजे दुर्घटनामा परेको थियो।

घाइते हुनेमा मोरङ जिल्लाका २४ वर्षीय गौतम अर्याल र सुनसरी जिल्लाका २२ वर्षीय जीवन राई रहेका छन्। घाइतेको जिल्ला अस्पतालमा सामान्य उपचार पछि काठमाडौं रिफर गरिएको छ।


जीप चालक धादिङका प्रकास तामाङ भने फरार रहेको र खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।