काठमाडौंः गायिकाद्वय जुना श्रीष, सिता के.सी. र गायकद्वय नेत्र भण्डारी र कृष्ण के.सी. आवाजमा रहेको ”गोधुली साझैंमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीको प्रेमका भोगाईहरुलाई गीतमा समावेश गरिएको छ । मर्मस्पर्शी शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी प्रेमीको यादले दिनरात सताउने कुरा गीतमा गरिएको छ ।

आकर्षक रुपमा तयार पारिएको गीतमा कृष्ण के.सी.को एरेन्ज रहेको छ । चित्र बहादुर आचार्यको शब्द तथा लय सिर्जना रहेको छ ।

करण चैसिरको छायांकन, मनोज कार्कीको सम्पादन तथा करण चैसिरको निर्देशन भिडियोमा रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः सोमबार, भदौ २२, २०७७, १७:२७