काठमाडौंः प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ९१ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–६ बिष्ट गाउँस्थित रबि बिष्टको टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ जाखा बस्ने ३७ वर्षीय महेश थापा लगायत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ५५ हजार ४ सय ५ रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी, कीर्तिपुर नगरपालिका–६ छाप बस्ने अछाम पञ्चदेवल बिनायक नगरपालिका–९ घर भएका जनक शाहीको टहरोमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।


जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले नगद ५१ हजार २० रुपैयाँ र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, धनकुटाको धनकुटा नगरपालिका–७ स्थित योगेन्द्र कार्कीले कोठा भाडामा लिई जुवातास खेलाइरहेको अवस्थामा धनकुटा नगरपालिका–१ बस्ने ३८ वर्षीय दिलिप रायमाझी लगायत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले नगद १ लाख ११ हजार ६ सय रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटार बस्ने ३४ वर्षीय दिलिप कुमार गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलिप सहित ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले नगद १ लाख ८७ हजार २५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, चितवनको रत्ननगर नगरपालिका–१६ खैरेटी बस्ने ५८ वर्षीय उदय बहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा उदय बहादुर लगायत ३० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ५९ हजार ४ सय ९० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यसैगरी, कास्कीको पोखरा महानरपालिका–६ लेकसाईडस्थित रोयलईमेज होटलको कोठामा कौडा खेलिरहेको अवस्थामा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद १ लाख ३७ हजार ४ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

बाराको कोल्हबी नगरपालिका–८ कट्टी टोलस्थित कुखुरा फार्ममा कौडा खेलिरहेका समिर कुमार चौधरी समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोल्हबीबाट खटिएको प्रहरीले नगद १ लाख १७ हजार रुपैयाँ र १६ थान कौडा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

कैलालीको टिकापुर नगरपालिका–१ बस्ने टेक बहादुर कडायतको घरमा जुवातास खेलिरहेका टेकबहादुर समेत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले नगद १ लाख २९ हजार रुपैयाँ र ४ गड्डी तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३० आइतबार, ११:१८