
काठमाडौंः प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २९ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१५ कारखाना चोकस्थित मन्जुश्री यातायात प्रा.लि.को बस ग्यारेजबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौंको नागार्जुन नगरपालिका–२ गौरीगाउँ बस्ने सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ घर भएका ४९ वर्षीय दोर्जे तामाङ लगायत ८ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६१ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका–९ शम्भूमार्गस्थित ४५ वर्षीय पशुपति राईको न्यौपाने खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले राई लगायत १० जनालाई शुक्रबार साँझ पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, ललितपुर महानगरपालिका–८ सुन्धारा डेरा गरी बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सोही महानगरपालिका–८ सुन्धारा बस्ने श्याम महर्जन लगायत ११ जनालाई शुक्रबार राति पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ९८ हजार ८ सय ४५ रूपैयाँ, कौडा २२ थान, पासा खेल्न प्रयोग हुने लामो गोटी ३ थान, सानो गोटी १६ थान र पासा खेल्न प्रयोग हुने थर्पु कपडा १ थान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७८ साल चैत ६ गते आइतबार, २३:०४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook