काठमाडौंः प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ ।

तनहुँको ब्यास नगरपालिका–१ हाईस्कुलटार बस्ने प्रबिन चन्दको घरमा तास खेलिरहेको अवस्थामा १४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७४ हजार ४ सय ४५ रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, चितवनको भरतपुर महानगरपालिका–९ शिवालय मन्दिर नजिकै बस्ने ४४ वर्षीय राम गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा गुरुङ समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।


विशेष सूचनाको आधारमा प्रहरी चौकी नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार २ सय ५० रुपैयाँ र कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, १५:०७