दाङः दाङमा जेठानीको हत्या गरेको अभियोगमा देउरानी शनिबार साँझ पक्राउ परेकी छिन् ।
तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४८ वर्षीया आइती बुढाथोकीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको उपचारार्थ लखनउमा शुक्रबार राति मृत्यु भएको हो ।
आइतीको मृत्यु पछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने भगवतीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल माघ ११ गते आइतबार, १२:५७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook