काठमाडौं: फिल्म ‘भैरे’ को रिलिज मिति सरेको छ ।

जेठ १८ मा रिलीज गर्ने भनिएको फिल्म आगामी साउन ४ मा रिलिज गर्ने भन्दै सारिएको हो ।

चलचित्र निर्माता संघले आह्वान गरेको आन्दोलनले फिल्मको प्रचार गर्न नसकेकोले रिलिज हुने समय सार्नु परेको निर्माताले बताएका छन् ।

फिल्ममा भने दयाहाङ राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, वर्षा सिवाकोटी, अर्जुन गुरुङ्, जान्वी बोहरा, बुद्धि तामाङ, जयनन्द लामा लगायतको मुख्य अभिनय रहनेछ। फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन र बनिष शाहको सम्पादन रहेको छ। यो फिल्म प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले बनाएका हुन् ।