काठमाडौं – नेपाली कांग्रेसले जेठ २७ देखि जिल्ला सभापतिको भेला गर्ने भएको छ । वैशाख १६ गते सम्पन्न केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले २७ देखि २९ सम्म सभापतिको भेला काठमाडौं वा मकवानपुरमा गर्न लागेको हो।

पार्टीले जिल्ला सभापतिकोे भेला बोलारीसँगै सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल निकट सभापतिहरू आन्तरिक छलफल र तयारीमा जुट्न थालेका छन् । सामुहिक र गुटगत स्वार्थका आधारमा दुवै पक्षका जिल्ला सभापति विधान संशोधनसहितका विषयमा छलफलमा जुटेका छन् । गुटगत स्वार्थ र पार्टीलाई समग्ररूपमा अघि बढाउने गरी सामूहिक प्रस्ताव लैजान उनीहरू प्रदेश तहमै छलफलमा जुटेका छन् ।


। प्रदेश पाँचले आइतबारका लागि भेला बोलाइसकेको छ भने अन्य प्रदेशका सभापति पनि सोहीअनुसारको तयारीमा जुटेका छन्। समाचार नागरिक दनिकमा प्रकाशित छ ।