सुर्खेत : छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै आएका छन्।

केही महिनाअघि कारागारमा कैदी–बन्दी भेट्न आउने आफन्तका लागि बनाइएको प्रतिक्षालय उद्घाटन गर्न पोखराको विलिभर्स चर्चका पाष्टर पूर्ण वर्देवासहितको टोली आयो। तीन लाख रुपियाँको लागतमा निर्मित कारागार हाताभित्रको प्रतिक्षालय उद्घाटन अघि सुरक्षा घेराभित्रै सयौं अनुयायीले प्रार्थना गरे।

शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीले सयौं अनुयायी जन्माएका छन्।


। कतिसम्म भने कारागार प्रशासनले विरामी कैदी–बन्दीलाई अस्पताल पुयाएर उपचार गराउनुको सट्टा पाष्टरहरु बोलाएर ‘प्रार्थना’ गर्न लगाउने गरेको छ।

कारागार प्रशासनले पुस्तकालय, सीपमूलक तालिम, खाद्यान्न सहयोग, भौतिक संरचना निर्माणलगायतका नाममा काठमाडौंदेखि पोखरासम्मका चर्चका ‘पाष्टर’ र ‘अनुयायी’ लाई कारागारभित्र निर्वाध प्रवेश दिन्छ। ‘सहयोग’ र ‘प्रेम’बाट कैदी–बन्दीको जीवन परिवर्तन गर्ने भन्दै उनीहरु जेलभित्रै धर्म प्रचार गर्छन्। कैदी–बन्दीलाई प्रार्थना गर्न लगाउँछन्।

जेलभित्र सजाय भुक्तान गरिरहेका कैदी–बन्दी मात्रै होइन् उनीहरुका परिवार र सन्तान खोज्दै प्रभुका अनुयायीहरु घरैसम्म पुग्छन्। त्यहाँ पनि आर्थिक, खाद्यान्न, शैक्षिकलगायतका सहयोगको नाममा आफ्नो सञ्जाल विस्तार गरिरहेका छन्।कारागार प्रशासनले नै धर्म प्रचारमा सघाइरहेको देखिन्छ।

जेलभित्र प्रवेश गर्नका लागि कारागार प्रशासन र सुरक्षा प्रमुखको अनुमति चाहिन्छ। जेलर लालबहादुर खत्री नै हरेक महिनाको पहिलो आइतबार प्रभुका अनुयायीहरु कारागारभित्र आएर कैदी–बन्दीलाई प्रार्थना गर्न लगाउने गरेको बताउँछन्।  नागरिक दैनिकमा समाचार प्रकाशित छ ।