कालीकोटः कालीकोटको खाँडाचक्र नगरपालिका–५ मा आज बिहान जेसिबी पल्टिँदा सहचालकको मृत्यु भएको छ । यस्तै, चालक भने घाइते भएका छन् ।

मृत्यु हुनेमा दैलेखको ठाँटीकाँध गाँउपालिका–३ का ३२ वर्षीय भरत बहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

आज बिहान कर्णाली राजमार्ग खुलाउन जादाँ बा १ क ८९२५ नम्बरको जेसिवि पल्टिँदा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका चालक दाङको बबई गाँउपालिका–१ का २९ वर्षीय टेकमान वि.कको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।


प्रकाशित मितिः मंगलबार, असोज १४, १२:०८