काठमाडौंः विश्व नम्बर एक नोभाक जोकोभिच र दोस्रो वरियताका राफेल नाडाल एटीपी फाइनल्स टेनिसको सेमिफाइनलमा पराजित भएका छन् ।

सर्बियन जोकोभिच अष्ट्रियाका डोमिनिक थिमसँग र स्पेनिस नाडाल रुसका डानिल मेदभेदेबसँग पराजित भएका हुन् ।

लण्डनमा शनिबार राति भएको पहिलो सेमिफाइनलमा थिमले जोकोभिचलाई ७–५, ६–७ (१०–१२), ७–६ (७–५) ले पराजित गरेका हुन् ।

यस्तै, दोस्रो सेमिफाइनलमा नाडाल मेदभेदेबसँग ३–६, ७–६ (७–४) र ६–३ को सेटमा पराजित भएका हुन् ।

अब उपाधिका लागि मेदभेदेब र थिमबीच भिडन्त हुनेछ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, ११:३१