काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र ७२ औं जन्मोत्सव मनाउन आज साँझ नेपालगञ्ज जाने भएका छन् ।

नेपाल विद्यत परिषद्का केन्द्रीय उपाध्यक्ष एवं अधिवक्ता दीपकबहादुर सिंहको अध्यक्षतामा रहेको श्री ५ वडामहाराजाधिराज ज्ञानेन्द्र बीर विक्रम शाहदेव सरकारको ७२ औं जन्मोत्सव नागरिक मूल समारोह समिति गठन गरिएको छ।

उक्त समितिले पूर्वराजा शाहले नेपालगञ्जमै आफ्नो ७२ औं जन्मोत्सव मनाउने कार्यक्रम पनि रहेको छ।सहअध्यक्ष भुवन श्रेष्ठ र कोषाध्यक्ष मख्खनकुमार नाग रहेको समितिमा यस क्षेत्रका ७ सय १ जना रहेका छन्।

शाह एक हप्ता नेपालगञ्जमै रहने उनको निजि सचिवालयले जनाएकोे छ ।