काठमाडौंः ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौं बौद्ध बस्ने काभ्रे रोशी गाउँपालिका–५ घर भएका २८ वर्षीय काजी लामा भन्ने रोज कुमार लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०७४ असार ९ गते काठमाडौं कमलादीस्थित टाइम्स क्लवको पार्किङ स्थलमा चेङगा तामाङलाई व्यक्तिगत रिसइबीका कारण लामा समेत ५ जनाको समूहले इँटा र रडले प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ३ वर्षपछि काठमाडौं बौद्धबाट पक्राउ गरेको महाशाखाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक इश्वर कार्कीले जानकारी दिए ।

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त मालीगाउँ पठाइएको उनले बताए ।



प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, २०:१६