झापाः दमक नगरपालिका–३ स्थित भुटानी भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । आगलागी शिविरको सेक्टर नं. डि–४, छाप्रा नं. ३२५ बस्ने ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो ।

बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा के कुन कारण अचानक आगलागी हुँदा प्यारालाईसिसको बिरामी भई घरभित्रै सुतिरहेका छाप्राधनि राईको घट्नास्थलमै जलि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन ।


दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।

आगलागीबाट छाप्रा, छाप्राभित्र रहेको सुन १ तोला, चाँदी १० तोला, नगद रु ३ लाख रुपैयाँ, खाद्यान्य तथा लत्ताकपडा पुर्णरुपमा जलि नष्ट भई अन्दाजी ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

आगलागीको कारणबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २८ गते मंगलबार, १२:२२