झापाः कनकाई नगरपालिका–३ टप्पु टोलमा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

टप्पु टोल स्थित रहेको चेतन कुमार प्रसाईको २ तले घरको भुईतलामा कौडा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–३ का ५३ वर्षीय विष्णु प्रसाद उप्रेती, ४५ वर्षीय लिलु अग्रवाल, ३६ वर्षीय सुरज चुडाल, ४० वर्षीय हरि खरेल, ३१ वर्षीय ओमप्रकाश चापागाई, कनकाई नगरपालिका–४ का ३८ वर्षीय मान वहादुर श्रेष्ठ र ३५ वर्षीय हरि वहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।


इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा खेलिरहेको अवस्थामा नगद ७१ हजार १० रुपैयाँ, जुवा खेल्न प्रयोग गरिएको कौडा १६ थान, कौडा खेल्न खालमा राखिएको गलैचाँ १ थान र कौडा खेल्न प्रयोग गरिएको Candid नामको पाउडर १९ थान सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, जेठ ३२, २०७७, १०:४०