झापाः भद्रपुर नगरपालिका–३ पैतिस लाईन स्थित एरियाबाट अतिसबाजी (पटका) सहित अटो चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४ का ४२ वर्षीय ढाक्रे राजबवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ मे १ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र लोट गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बन्डल अन्दाजी १ लाख ५० हजार रुर्पैयाँ बराबरको खुर्सानी पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी/प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।


बरामद गरिएको पटक र अटो सहित चालक राजबवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको उनले बताए ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, ११:३३