झापाः मेचीनगर नगरपालिका–१५ हेल्दुबारीस्थित एरियाबाट प्रहरीले पटका सहित सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा खोर्सानी पटका, जगमग चकलेट, पापर र सुकुमेल गरी अन्दाजी एक लाख रुपैयाँ बराबरको सामानहरु बरामद गरेको हो ।

बरामद गरिएको पटक र सामान जिल्ला प्रहरी कार्यालय झापामा राखी कानुनी कारबाही अगाडी बढाईएको झापा प्रहरीका सूचना अधिकारी/प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १५ शनिबार, १२:१२