काठमाडौंः  झापा प्रहरीले ६० लाख रुपैयाँ बराबरको अवैध कपडा झापा र इलामको सीमा क्षेत्रबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, झापाले बिहीबार बिहान मेचिनगर–१२, धाइजनबाट मे १ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानबाट अवैध कपडा बरामद गरेको हो ।

मेची राजमार्गको सार्वजनिक बाटोमा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंका लागि बोलेरो पिकअप भ्यान गाडिलाई रोकि चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा कपडा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सामान बरामदसँगै सवारी चालक २७ वर्षीय विकाशचन्द्र राजवंशीलाई पनि पक्राउ गरेको छ ।


पक्राउ परेका चालक र गाडीलाई आवश्यक कारबाहीका लागि प्रहरीले क्षेत्रीय राजश्व कार्यालय, इटहरी बुझाएको छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, १५:३४