झापाः दमक नगरपालिका–५ मा मंगलबार बेलुकी अटो रिक्सा दुर्घटना हुँदा अटोमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–९ का ६१ वर्षीय उम बहादुर मगर रहेको प्रहरीले जनाएको छ ।

दमकस्थित भित्रि सडक खण्डमा मे १ ह ६५४४ नम्बरको अटो रिक्सा अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका मगरको उपचारको क्रममा लाइफ लाइन अस्पताल दमकमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न चालक र अटो रिक्सा नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, फागुन २८ , ०९:४२