झापाः झापा प्रहरीले एक लाख ६० हजार रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाले बुधबार साँझ भद्रपुर नगरपालिका–४ बाट अवैध रुपमा ल्याइएको मोटर पार्टसका सामानहरु बरामद गरेको हो ।

प्रहरीले अबैध रुपमा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको एक लाख ६० हजार बराबरको मोटर पार्टसका सामानहरु बरामद गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

यस विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।


प्रकाशित मितिः बिहीबार, फागुन १५, ०७:००